• फाल्गुन २८ २०८२, बिहीबार

सत्ता गठबन्धनबीच मन्त्रीको भागबण्डामा कुरा मिलेन,प्रचण्डले असहमति जनाए

आश्विन ६ २०७८, बुधबार

काठमाडौं । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धन दलबीच मन्त्रीको भागबण्डामा कुरा नमिल्दा भोलि पुनः बैठक बस्ने भएको छ ।

प्रचण्डले असहमति जनाएपछि भोलि भोलि पुनः बस्ने गरेर बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाेविन्द परियारले जानकारी दिए ।

कुन दलले कति मन्त्रालय पाउने भन्नेमा टुंगो नलागेपछि बैठक बिनानिर्णय सकिएको हो । मन्त्रालय बाँडफाँटमा प्रमूख मन्त्रालयहरु सबै कांग्रेसले राख्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले राखेपछि प्रचण्डले असहमति जनाएका हुन् ।

सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । गत २९ असारमा नियुक्त भएका प्रधानमन्त्री शेरवहादुर देउवाको मन्त्रिपरिषद्‌मा कांग्रेसबाट चार जना र माओवादी केन्द्रबाट दुई जना मन्त्री मात्र सहभागी छन् ।

यसअघि पनि गठबन्धन दलको बैठक पटक पटक बसे पनि दलबीच मन्त्रालयको बाँडफाँट हुन सकेको थिएन । गठबन्धन दलले आज मन्त्रालयको टुंगो लगाई भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको थियो ।