काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दै छ । बुधबार दिउँसो १ बजे महामन्त्री डा.शशांक कोइरालाको निवास महाराजगञ्जमा संस्थापन इतरको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले ३ बजेका लागि पदाधिकारी बैठक बोलाएपछि १ बजे पौडेल समूहको बैठक बस्न लागेको हो ।
बैठकमा पार्टी महाधिवेशन, क्रियाशील सदस्यतालगायतका विषयमा छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री एवम् सभापति देउवाले पार्टीमा छलफल नगरी अघि बढ्न खोजेको भन्दै त्यसबारे पनि पौडेल समूहमा छलफल हुने भएको पौडेल निकेट एक नेताले जानकारी दिए ।
देउवा निकट नेता नारायण खड्कालाई पार्टीमा छलफल नगरी परराष्ट्रमन्त्री बनाउने तयारी गरेपछि पौडेल समूह असन्तुष्ट बनेको हो ।
आजै आशन्न महाधिवेशन, मन्त्रिपरिषद् विस्तार तथा पार्टीको आन्तरिक गतिविधिको विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।