काठमाडौँ। । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार ८९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन बुधबार प्रतितोला ९ सय रुपैँयाले बढेर ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै , तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० रुपैयाँ रहेको छ ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी तोलामा २५ रुपैयाँले बढेर एक हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।