काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ती बदरको माग गर्दै परेको रिट निवेदनउपर सरकारका नाममा कारण देखाउ आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।
घिसिङको नियुक्तिविरुद्ध रिट निवेदक हितेन्द्रदेव शाक्यले भदौ २ मा रिट दायर गरेर अन्तरिम आदेशमार्फत घिसिङलाई काम गर्न रोक लगाउन माग गरेका थिए ।