• फाल्गुन २४ २०८२, आईतवार

भारतीय पोर्नोग्राफी प्रकरण : धरौटीमा छुटे राजकुन्द्रा

आश्विन ५ २०७८, मंगलवार

काठमाडौं । भारतीय पोनोग्राफी प्रकरणमा पक्राउ परेका व्यवसायी राज कुन्द्रा धरौटीमा रिहा भएका छन् ।

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति कुन्द्रालाई सोमबार साँझ मुम्बई अदालतले धरौटीमा रिहा गरेको हो । अदालतले कुन्द्रासँगै उनका सूचना प्रविधि प्रमुख रियान थोर्पेलाई पनि रिहा गरेको छ ।

उनीहरुलाई अदालतले ५० हजार धरौटीमा रिहा गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छन् । कुन्द्रा र उनका आइटी प्रमुख थोर्पे गत जुलाई १९ मा पक्राउ परेका थिए ।