• फाल्गुन २८ २०८१, बुधबार

सेयर बजारमा सोमबार ११४ अंकको गिरावट

आश्विन ४ २०७८, सोमबार

काठमाडौँ। सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १ सय १४.०२ अंकको गिरावटसहित २ हजार ६ सय ९८.२५ अंकमा ओर्लेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो ४.०५ प्रतिशतले कम हो ।

गत बिहीबार नेप्से २ हजार ८ सय १२ अंकमा रहेको थियो ।

सोमबार पनि सेयर बजार निकै उतारचढावपूर्ण देखियो । सोही क्रममा कुनैसमय नेप्से १ सयभन्दा धेरै अंकले घटथ्यो भने छोटो समयमै गिरावट दरमा कमी आउथ्यो । यो क्रम दिनभर नै चल्यो ।

दिनभरको कारोबारमा ८ अर्ब ४९ करोड रुपैयाँ बराबरका सेयर किनबेच भएको छ ।