काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि संसद भवन बाहिर पत्रकारको प्रश्नको जवाफ दिँदै उनले दल विभाजन सम्बन्धी अध्यादेशले अस्थिरता निम्त्याउने भएकोले त्यो निस्कृय भएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने बताए ।
उनले भने ‘पहिलो, कुरा सरकारलाई पूर्णता दिनका लागि मन्त्रालयको बाँडफाँड हुनुपर्छ । त्यो भइसक्या छैन । दोस्रो, यो दलसम्बन्धी ल्याएको अध्यादेश यो खारेज हुन्छ । र त्यो खारेज हुन बित्तिकै मन्त्रिपरिषद्क विस्तार हुन्छ, सरकारले पूर्णता पाउँछ ।’