काठमाडौँ। प्रतिनिधि सभामा विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच सरकारले विनियोजन विधेयक २०७८ बहुमतले पारित गरेको हो ।
भदौ २३ गतेदेखि निरन्तर संसदमा नाराबाजी गरिररहेको नेकपा एमालेले आज पनि बैठक सुरु हुने बित्तिकै नाराबाजी सुरु गरेको थियो । तर सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूची अनुसार बैठक सञ्चालन गरेका थिए । उक्त विधेयकमाथि छलफल गरी सभामुख सापकोटाले बहुमतले पारित भएको घोषणा गरेका हुन् ।