• फाल्गुन २८ २०८२, बिहीबार

भोलि बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक

आश्विन ३ २०७८, आईतवार

काठमाडौं । सोमबार भोलि बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरिएको छ ।

संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकका ६ वटा कार्यसूची रहेको जानकारी दिएका छन् ।

गौतमका अनुसार बिहान ११ बजेदेखि सुरु हुने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक, २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका विभिन्न शीर्षकहरूमा सांसद प्रेम सुवालबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

यस्तै, सांसद प्रेम सुवालले विनियोजन विधेयकअन्तर्गतका विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्तावहरू पनि प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

बैठकमा विनियोजन विधेयक, २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जबाफ दिने कार्यतालिका रहेको छ ।