• फाल्गुन २८ २०८२, बिहीबार

आगामी निर्वाचनमा एमालेभन्दा बढी मत ल्याउने एकीकृत समाजवादीको दाबी

आश्विन ३ २०७८, आईतवार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवम् सांसद् किसान श्रेष्ठले आगामी निर्वाचनमा आफूहरूको दलले नेकपा एमालेभन्दा बढी मत ल्याउने दाबी गरेका छन् ।

पोखरामा आयोजित विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् ।

‘गण्डकीका १८ वटा क्षेत्रमा एउटा पनि टिकट दिइएन । अनि माधव नेपाल पक्ष कसरी बलियो हुन्छ ? आजदेखि नेकपा एकीकृत समाजवादीले बिगुल फुक्यो, आजदेखि देखाइदिन्छौं हामी कमजोर हो कि के हो भनेर,’ उनले भने, ‘हाम्रो पार्टीलाई कसैले कमजोर नआँक । हाम्रो पार्टीको शक्ति कति छ आगामी निर्वाचनमा देखाइदिन्छौं ।’