• बैशाख २८ २०८३, सोमबार

रुसी राष्ट्रपतिद्धारा नेपालको संविधान दिवसको शुभकामना

आश्विन ३ २०७८, आईतवार

काठमाडौँ । संविधान दिवसका अवसरमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइतबार एक शुभकामना सन्देश पठाउँदै पुटिनले रसिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको जनाउँदै विविध क्षेत्रका दुईपक्षीय सहायता अझ अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

दुवै देशका जनताको हितमा हाम्रो सम्बन्ध अघि बढ्ने र त्यसले क्षेत्रीय सुरक्षा र स्थायित्व सुनिश्चित गर्ने विश्वास पनि राष्ट्रपति पुटिनले सन्देशमा व्यक्त गरेका छन् ।

उनले राष्ट्रपति भण्डारीको सुस्वास्थ्य सफलताका साथै नेपाली जनताको शान्ति र हितको कामना गरेका छन् ।