• फाल्गुन २८ २०८२, बिहीबार

जसपा संविधान दिवस सम्बन्धी कुनै पनि कार्यक्रममा सहभागी नहुने (विज्ञप्तिसहित)

आश्विन २ २०७८, शनिबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संविधान दिवसको कुनै पनि कार्यक्रममा सहभागी नहुने भएको छ ।

आइतबार मनाइने संविधान दिवस जसपाले नमनाउने भएको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादवले शनिबार एक विज्ञप्ति जारी गर्दै संविधान विभेदकारी भएको भन्दै संविधान दिवस सम्बन्धी कुनै पनि कार्यक्रममा सहभागी नहुने जनाएको हो ।

‘संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरणलगायतका प्रावधान पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा धेरै धाराहरुमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने, विरोध गर्ने’ विज्ञप्तिमा भनिएको छ ।