प्रथम विश्व युद्धपछि सन् १९३३ मा हंगेरीका ३४ वर्षे रेज्सो सेरेसले लेखेको गीत ‘ग्लुमी सन्डे’ जब बजारमा आयो तब यसका स्रोताले आत्माहत्या गर्न थाले । भियनाकी किशोरी, बुडापेस्टका पसले र लन्डनकी गृहिणीले यही गीत सुनेपछि आफ्नो जीवन सिध्याए ।
अरू त अरू स्वयम् सेरेसले समेत सन् १९६८ मा आत्महत्या गरे । हंगेरीमा सुसाइट गीत भनेर कुख्याती कमाएको ग्लुमी सन्डे वास्तवमै युद्ध र वियोगको नतिजास्वरूप रचना गरिएको हो भन्ने विश्वास गरिन्छ । सेरेस मानसिक तनावमा रहेको बेलामा लेखिएको यो गीत उनका साथी जाभोरले प्रेममा धोका खाएपछि लेखेको समेत भनिन्छ ।
हंगेरीको १ लान जनसंख्या बराबर ४६ जनाले यही गीतका कारण आत्महत्या गरेपछि यस गीतलाई प्रतिबन्ध लगाइयो । १९३६ मा दुई बेलायती साम एम लेभिस र डेसमन्ड कार्टरले यसलाई अंग्रेजीमा अनुवाद गरी नयाँ संगीतका साथ बजारमा ल्याए । पछि बिल्ली होलिडेले १९४१ मा यसको दोस्रो भर्सन रेकर्ड गराए ।
जुन यस्तो थियो :
Gloomy is sunday, with shadowns i spend it all my heart and ii have decided to end it all soon there will be candles and prayers that are sad ,i know
Let them not weep,let them know that i am glad to go death is no dream ,for in death i am caressing you
with the last breath of my soul i will be blessing you.
नेपालीमा गुगल अनुवाद गरिएको सो गीत :
उदासी आइतबार हो, shadowns सँग म यो मेरो सबै मुटु बिताउँछु र यो सबै चाँडै नै त्यहाँ मोमबत्ती र दुखी छन् कि प्रार्थना हुनेछ, अन्त्य गर्ने निर्णय गरेको छ, मलाई थाहा छ ।
उनीहरु नरोउन् उनीहरुलाई थाहा होस् कि मँ खुशी छु, मर्न जान्छु मृत्यु सपना होइन, किनकि म मृत्युमा म तिमीलाई माया गर्छु ।
मेरो आत्माको अन्तिम साससँग म तिमीलाई आशीर्वाद दिनेछु ।
तर यसलाई बेलायत सरकारले प्रतिबन्ध लगायो । बीबीसीले यस गीतलाई ‘अत्यन्तै निराशाजनक’ भनि उल्लेख गरेको थियो । सन् २००२ मा मात्रै यो गीतलाई पुनःप्रशारणको अनुमति दिइयो । सन् १९८४ मा चर्चित गायक ओज्जी ओसबर्नले यो गीत गाए । यही गीत सुनिरहेका एक किशोरले बन्दुक चलाई आत्महत्या गरेपछि गायक ओसबर्नलाई अदालत पुर्याइएको थियो । र गीत पुनःचर्चामा रहृयो ।
जर्मनमा ‘ग्लुमी सन्डे अ सङ् अफ लभ एण्ड डेथ’ नामक फिल्म १९९ मा पर्दामा आएपछि आत्महत्या गर्नेको संख्या बढ्न थालेपछि फिल्मलाई प्रदर्शनमा रोक लगाउनु परेको थियो । अन्ततः गीतका रचनाकार सेरेसले पनि राजधानी बुडापेष्टको एक अपार्टमेण्टको भ्यालबाट हामफालेर आत्महत्या गरे ।