काठमाडौं । चिनियाँ नेताहरु धेरै बोल्दैनन् । बोले भने गतिलो सन्देश दिनेगरी बोल्छन् । चिनियाँ समाज शान्त र अनुशासित समाज हो । अनुशासनमा रहेपछि अनावश्यक बोल्दै हिँड्ने कुरापनि भएन ।
चीनमा नेपालमा जस्तो छाडा लोकतन्त्र छैन । नेताहरु जे पायो त्यही बोल्दैनन् । सार्वजनिकरुपमा बोल्ने जिम्मेवारी पाएका नेता मात्र त्यसरी बोल्छन् ।
यसैबीच चिनियाँ राष्ट्रपति सी चिन फिङले शुक्रबार सांघाई सहयोग सङ्गठनको बैठकलाई सम्बोधन गर्दै निकटका समुदाय बीच साझा भविष्य निर्माण आग्रह गरेका छन् । उनले सांघाई सहयोग सङ्गठन मार्फत् विश्वको स्थायी शान्ति र साझा समृद्धिमा ठूलो योगदान दिन जोड दिएका छन्न् ।
राष्ट्रपति सीले भिडियो लिंक मार्फत् एससीओको राष्ट्र प्रमुखहरूको परिषदको २१औं बैठकलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।