• बैशाख १० २०८२, बुधबार

अफगानिस्तानमा तालिबानी प्रधानमन्त्री मुल्लाको तस्वीर सार्वजनिक

भाद्र २८ २०७८, सोमबार

काठमाडौं । अफगानिस्तानका अन्तरिम प्रधानमन्त्री मुल्ला हसन खुन्दको पछिल्लो तस्वीर सार्वजनिक गरिएको छ ।

तालिबानको कतार कार्यालयका प्रवक्ता मोहम्मद नइमलेले आफ्नो ट्वीटरबाट प्रधानमन्त्री अखुन्दको पछिल्लो तस्वीर सार्वजनिक गरेका हुन् ।

उनले तस्वीरसँग लेखेका छन्, ‘राष्ट्रपति भवनमा इस्लामिक इमिरेट्सका प्रधानमन्त्री मुल्ला हसन अखुन्द ।’ उनले सार्वजनिक गरेको तस्वीरमा प्रधानमन्त्री अखुन्द कुर्सीमा बसेको देखिन्छ । यसअघि उनी तन्नेरी हुँदाको तस्वीरमात्र मानिसहरुले देखेका थिए ।