एजेन्सी। तालिबान र विरोधी फौजबीच पन्जशिर उपत्यकामा भीषण लडाइँ भइरहेको विवरण सार्वजनिक भइहरेका छन् ।
तालिबानले अफगानस्थानको पन्जशिर उपत्यकाका केही भूभाग नियन्त्रणमा लिएको र विरोधी फौजलाई ठूलो क्षति पुर्याएको दाबी गरेका छन्।
तालिबानले आफूले केही क्षेत्र कब्जामा लिएको र नेशनल रेसिस्टेन्स फ्रन्टमाथि भारी क्षती पुर्याएको दाबी गरेको छ ।
तर विरोधी फौजले उपत्यकाका सबै प्रवेशद्वार आफ्नो नियन्त्रणका रहेको र तालिबानका सयौँ लडाकु मारिएको दाबी गरेको छ।
पन्जशिर उपत्यका अफगानिस्तानमा तालिबानले नियन्त्रणमा लिन नसकेको एक मात्र प्रान्त हो र त्यहाँ हजारौँ तालिबान विरोधी लडाकु जम्मा भएको मानिएको छ।