अफगानिस्तान । अफगानिस्तानमा तालिबानले तीन दिनभित्र नयाँ सरकार घोषणा गरिने बताएका छन् ।
अमेरिकी सेना पूर्णरुपमा स्वदेश फर्केपछि काबुल विमानस्थल कब्जामा लिएको तालिबानले गठन गर्ने नयाँ सरकारमा महिला पनि समावेश हुने बताएको छ । सत्ता नियन्त्रणमा लिएको तालिबानले महिलाप्रति गर्ने व्यवहारबारे अन्तर्राष्ट्रिय समूदायले चिन्ता व्यक्त गरिरहेका बेला महिला पनि समावेश गराएर नयाँ सरकार घोषणाको सर्वत्र चर्चा भइरहेको छ ।
कतारस्थित अफगान तालिबानको राजनीतिक कार्यालयका उपप्रमुख तथा वार्ता समितिका सदस्य शेर मोहम्मद अब्बास स्टानिकजईले अफगानिस्तानमा बीबीसी पश्तो सेवासँको कुराकानीमा उनले समावेशी सरकार हुनेसमेत बताएका छन् । उनले तालिबानले घोषणा गर्ने नयाँ सरकारमा ठूलो संख्यामा महिलाहरु पनि हुने बताएका छन् । उनले महिलाहरु कार्यालयमा काम गर्न जान सक्नेसमेत बताएका छन् ।
तालिबानले केही दिनमै विमानस्थल सञ्चालनमा आउनेसमेत बताएका छन् । आवश्यक कागजात भएकाहरुलाई अफगानिस्तान छाड्न दिइने छ भने कागजात नभएकाहरुलाई आफगानिस्तानमै राखिने बताएको छ ।