• फाल्गुन २९ २०८१, बिहीबार

सुनचाँदीको मूल्य स्थिर

भाद्र १४ २०७८, सोमबार

काठमाडौँ। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ रहेको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी सोमबार प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।