लामो समयको संघर्षपछि कांग्रेस र एमालेहुँदै माओवादीको आन्दोलन पश्चात देश राजतन्त्रको अन्य भई गणतन्त्रमा प्रवेश गरेको छ । गणतन्त्रको आगमन पनि लामो समय बितेको छ । जनताको छोरा पनि कार्यकारी प्रमुख बन्न सम्ने व्यवस्थाको स्थापना भएको छ ।
थुप्रै पिछडिएका जातजातिहरुको अधिकार पनि संविधानमा सुनिश्चित भएको छ । तर संविधान अपुरो छ । यसलाई परिमार्जन गर्न आवश्यक छ । गणतन्त्र स्थापनासँगै नेपालमा राजनैतिक सामाजिक आर्थिक धार्मिक थुप्रै समस्याहरु जिउका तिउ छन् नेपालमा उद्योग धन्दा र कलकारखानाको स्थापना नहुँदा बेरोजगार समस्या विकराल बन्दै गएको छ ।
देश पुरै परनिर्भर बन्दै गएको छ । देशका विभिन्न देशहरुमा युवाहरु रोजगारीका लागि जानुपर्ने बाध्यात्मक अवस्था छ । शिक्षा स्वास्थ्य जस्तो संवेदनशील अंगमा राज्यको चासो छँदैछैन ।
छिमेकी देश चीन र भारत विश्वका उदाउँदा अर्थतन्त्रको रुपमा स्थापित भैसकेका छन् । यी दुई धनी देशबीचमा हाम्रो देशका जनता भने गरिबीको रेखामुनी बस्न बाध्य छन् । नेपाली जनताको समस्या नभई देशको जिम्मा लिएर बसेका पुराना पार्टी र पुराना सोचका नेताहरुको सोच दोषी हो ।
एकातिर ठूलो जमातमा स्वास्थ्य र शिक्षा लगायतका आधारभूत आवश्यकतामै जनताको समस्या छ भने अर्कोतिर काला व्यापारी र दलाल नेता, बियौलिया, गुण्डा, तस्करहरू रातारात मालामाल भएका छन् । उनी नै आज आरामको जिन्दगीमा छन् । धन, दौलत र पावर सब उनीहरुको मुट्ठीमा पारेर रमाइरहेका छन् ।
हाम्रो देश स्वर्ग जस्तो छ, जहाँ हिमाल पहाड र तराईको आफ्नै विशेषता छ । जल जंगल र जडिबुडीको प्रकार नै सम्भावना छ । नेपालको आफ्नो विशेषता छ जनता मेहनती इमान्दारिता शब्दप्रति उत्तरदायी छन् । यी थुप्रै समस्याका बाबजुद अबको समयको समाधान के होला ?
पुरानो सोच पुरानै तौरतरिका र बाल ग्रसित पुराना पार्टीहरुलाई विस्थापति गरी नयाँ सोच, नयाँ विचार र नयाँ मुद्धा सहितको नयाँ वैकल्पिक शक्ति सहितको पार्टी नेतुत्व समूह नेपालको लागि आवश्यक छ । जुन पार्टी र नेताले विश्व अर्थतन्त्रमा उदाउँदै गरेका देश भारत र चीनलाई आफ्नो परराष्ट नीति अनुसार सञ्चालन गरी छिमेकी मुलुकबाट प्रसस्त मात्रामा फाइदा उठाउँदै र राष्ट्रिय स्वाधिनतालाई सबल बनाउँदै अन्तारिक अर्थतन्त्रलाई मजबुत बनाउनु पर्छ ।
२१औं शताब्दीका नेपाली जनतालाई समूह सुखी र सफल अर्थतन्त्र सहितको समृद्ध नेपालको जिम्मेवारी वैकल्पिक शक्तिले गर्ने छ । तर वैकल्पिक शक्ति विल्कुल नयाँ देशपार्टी जिम्मेवार नागरिक पार्टी जिम्मेवार व्यक्तिगत स्वर्ग भन्दा माथि उठेको पार्टी र नेतृत्व हुनेछ । जसलाई नेपाली जनताले काँधमा काँध हातमा हात मिलाएर सहयोग गर्नु हुनेछ ।
जुन वैकल्पिक शक्तिले शिक्षा स्वास्थ्य लगागत खेलकुद, कृषि, कलकारखाना जंगलमा व्यापक लगानी गरी देशलाई २१औ शताब्दीको विश्वको विकसित मुलुकहरुसँग प्रतिस्पर्धा गर्ने जिम्मा वैकल्पिक शक्ति र नेताको हुनेछ नयाँ वैकल्पिक शक्ति उदयमान हुँदैछ ।