काठमाडौ । अफगानिस्तानको काबुलमा भएको बम आक्रमणको चीनले निन्दा गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियनले पत्रकार सम्मेलनमा सो घटनाको निन्दा गरेका छन् ।
प्रवक्ता चाओले यो घटनाले अफगानिस्तानको सुरक्षास्थिति कस्तो छ भनेर देखाएको बताए । पत्रकार सम्मेलनमा एक पत्रकारले उक्त घटनाबारे चीनको प्रतिक्रिया मागेका थिए ।
त्यसको जवाफ दिँदै प्रवक्ता चाओले भने, ‘काबुल विमानस्थल नजिकै भएको विष्फोटमा ठूलो जनधनको क्षति भएको छ । यो घटनाले चीन स्तब्ध भएको छ । यो घटनाको चीन निन्दा गर्छ । यसले अफगानिस्तानको सुरक्षास्थिति कस्तो छ भनेर देखाएको छ ।’
बिहीबार अफगानिस्तानको काबुल अन्तराष्ट्रिय बिमानस्थल बाहिर भएको बम आक्रमणमा १३ अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भएको थियो ।