• मंसिर १७ २०८१, सोमबार

डायनालाई ‘राजकुमारी’ तर केट मिडल्टनलाई किन ‘डचेज ?’

भाद्र १० २०७८, बिहीबार

राजकुमारी डायना हाल बेलायतका गद्दीनसिन युवराज विलियमको पूर्व पत्नी हुन् । उनी सौन्दर्यका कारण निकै चर्चामा थिइन् । उनै डायनाको मृत्युपछि राजकुमार विलियमले केट मिडल्टनसँग विवाह गरे ।

तर विवाहपछि डायनालाई ‘राजकुमारी’ वा प्रिन्सेसले सम्बोधन गरियो तर केट मिडल्टनलाई ‘प्रिन्सेस’ बाट सम्बोधन नगरी ‘डचेज’ भनी सम्बोधन गरियो । यो विभेद त होइन ? कि हरेक टाइटल फरक फरक हुन्छन् ?
यस बारेमा धेरैलाई स्पष्ट थाह छैन । साथै, राजकुमारी डायनाको बकिङघम दरबार त्यागेको केही समयपछि मृत्यु भैसकेको र हाल केट मिडल्टन गद्दिनसिन राजकुमार विलियमको जीवन संगिनी भएका कारण एक दिन विलियम राजा हुने वित्तिकै केट पनि उनीसँगै हुने छिन् । अर्थात्, ‘राजा’सँगै रहेकी ‘रानी’का रुपमा । तर अचम्मको कुरा त के छ भने राजा हुने रोलक्रममा रहेका विलियमलाई प्रिन्स वा राजकुमारको नामबाट सम्बोधन गर्ने, तर उनैकी पत्नीलाई प्रिन्सेस वा राजकुमारीको नामबाट सम्बोधन किन नगर्ने ? भएको पनि यस्तै छ ।


हाल केटको टाइटल भनेको ‘डचेज अफ क्याम्ब्रिज’ रहेको छ । राजकुमार विलियमसँग विवाह बन्धनमा बाँधिएपछि उनी सन् २०११ मा दरवारसँग जोडिएकी हुन् ।

अहिले उनीहरुका सन्ततीका रुपमा राजकुमार जर्ज, राजकुमारी शार्लोट र राजकुमार लुइस छन् । तर राजदरवारको त्यो सिंगो राजपरिवारमा पुरुषहरु सबैलाई राजकुमार र महिलाहरु सबैलाई राजकुमारी भनेर बोलाइँदा केट मिडल्टनलाई राजकुमारी भनी सम्बोधन गरिदैन । तर उनलाई ‘डचेज अफ क्याम्ब्रिज’ भनेर सम्बोधन गरिन्छ ।

बकिङघम दरवारमा रहेको राजपरिवारका महिला सदस्यलाई निम्न उपाधिबाट सम्बोधन गरिन्छ : प्रिन्सेस, डचेज, काउन्टेस र ब्यारोनेस । प्रिन्सेस सम्बोधन बेलायत लगायतका राजघरानाका महिलाहरुहरुलाई गदिै आएको देखिन्छ । राजाको पत्नीलाई रानीको उपाधि पहिले देखि नै दिइँदै आएको हो । डचेज शब्दावली ड्युकसँग जोडिएर आउँछ । ड्युक राजा पछिको दोस्रो तह हो । ड्युकसँग बिबाह भएकी महिलालाई डचेज भनिन्छ । यो शब्दावली अंग्रेजी ‘योर हाइनेस’ र ‘योर ग्रेस’ को समानार्थी हो ।

काउन्टेस शब्दावली उच्च घराना महिलाका लागि बेलायतमा प्रयोग गरिने आदरार्थी शब्द हो । अंग्रेजी १२ औं शताब्दीदेखि चलनमा आएको यो सम्बोधन टाइटल बेलायती राजदरवारमा प्रयोगमा छ । त्यसै गरी ब्यारोनेस भनेको कुलिन महिलाका लागि प्रयोगमा ल्याइएको आदरार्थी शब्दावली हो । युरोपभरि प्रयोगमा आउने यो शब्दावली लर्ड र नाइटभन्दा उच्च मानिन्छ । बेलायती दरवारमा यसको प्रचलन कायमै छ ।

हाल बेलायती दरवारमा डचेज भनेर सम्बोधन गरिने केट मिडल्टनलाई स्कटल्याण्डमा ‘काउन्टेस अफ स्ट्रादर्न’ र नर्दर्न आयरल्याण्डमा ‘लेडी  क्यारिकफर्गस’को आदरार्थी शब्दले संबोधन गरिन्छ ।
प्रचलनका हिसाबले गद्दीमा रहेका राजपरिवारका छोरीबुहारीलाई प्रिन्सेस भनी सम्बोधन गरिन्छ । केटकी छोरी शार्लोटलाई भने प्रिन्सेस भनेर बोलाइन्छ । जहाँसम्म प्रिन्सेस डायनाको कुरा छ, उनी पहिल्यैदेखि नै प्रिन्सेस अफ वेल्स थिइन् । हाल दरवारबाट बाहिरिएकी बेलायती दरवारकी ‘आधुनिक बुहारी’ मेघन पनि डचेज अफ ससेक्स टाइटलबाट बोलाइन्थिन् ।