• मंसिर १२ २०८१, बुधबार

तेह्रथुम पावर कम्पनीको आइपीओ खुल्यो

भाद्र ९ २०७८, बुधबार

काठमाडौँ। सर्वसाधारणका लागि तेह्रथुम पावर कम्पनीको प्राथमिक सेयर (आइपीओ) आजदेखि खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यमा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर बिक्री खुला गरको हो ।

जसमा २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

कम्पनीको आईपीओमा छिटोमा भदौ १३ गतेसम्म र उक्त अवधिमा माग अनुसार आवेदन नपरे भदौ २३ गतेसम्म आवेदन दिने म्याद थप हुने हुनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मोबाइल एपबाट आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनको लागि कम्पनीको बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटल रहेको छ ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले ‘इक्रा एनपी आईआर डबल बी रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम कर्जा जोखिम रहेको जनाउँछ ।