• बैशाख १३ २०८३, आईतवार

भोलि बिहान सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड हुँदै

श्रावण २९ २०७८, शुक्रबार
काठमाडौं । भोलि शनिबार सानिमा लाइफ इन्स्योरेन्सको

बाँडफाँड हुने भएको छ।

प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको यस कम्पनीको आइपीओ भोलि बिहान ११ बजे सानिमा लाइफ इन्स्योरेन्सको कार्यालय दरबारमार्गमा बाँडफाँड गरिने भएको हो।

सानिमाको आइपीओमा २४ लाख १९ हजार १२७ जना आवेदकले ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् ।

सानिमा लाइफले साउन २० गतेदेखि २४ गतेसम्म कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो जसमा कम्पनीले कर्मचारीलाई ३ लाख कित्ता शेयर र म्युचुअल फन्डलाई ३ लाख कित्ता शेयर छुट्याएको छ भने बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिने छ।

आवेदन गर्ने कुल आवेदकमध्ये ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत १० कित्ताको दरले सेयर पाउनेछन् ।