• मंसिर १२ २०८१, बुधबार

मानुषी लघुवित्तको आईपीओ खुल्यो, ३१ गतेसम्ममा आवेदन दिन पाइने

श्रावण २७ २०७८, बुधबार

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले जारी गरेको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) मा आवेदन खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैँया को दरमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सकिने छ ।

साउन २७ गते देखि ३१ गतेसम्ममा आवेदन दिन सकिने छ । उक्त समयमा पूरा आईपीओ बिक्रि नभएमा भदौ नौ गते सम्म आवेदन दिन सकिने जनाइएको छ।

यस्तै लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता ग्लोवल आईएमई क्यापिटल लिमिटेड रहेको छ।