• बैशाख ९ २०८२, मंगलवार

यौन उत्पीडनको आरोप लागेका मेयरले दिए राजनीनामा

श्रावण २७ २०७८, बुधबार

काठमाडौं । अमेरिकी शहर न्यूयोर्कका गभर्नर एन्ड्र्यु कुओमोले पदबाट राजीनामा दिएका छन् । उनीमाथी यौन उत्पीडनको आरोप लागेको छ ।

उनको राजीनामा १४ दिनपछि लागू हुने र न्यूयोर्कको गभर्नरको जिम्मेवारी क्याथे हकले सम्हाल्ने बीबीसीले जनाएको छ । उनी न्यूयोर्कको नेतृत्व गर्ने पहिलो महिला बन्नेछिन् ।

न्यूयोर्क राज्यको न्यायाधिवक्ताले गरेको अनुसन्धानमा कुओमोले प्रान्तीय सरकारका बहालवाला र पूर्व कर्मचारीहरुमाथि यौन उत्पीडन गरेको निष्कर्ष निकालिएको थियो । त्यसलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडनले कुओमोले पदबाट राजीनामा दिनुपर्ने बताएका थिए ।

डेमोक्रेट नेता कुओमोले भने आफूमाथि लागेका आरोपको खण्डन गर्दै आएका छन् । राजीनामा घोषणा गर्ने बेलामा पनि उनले आफूमाथि लागेका आरोप अस्वीकार गरे । तर पनि उनले भने, ‘अहिलेको मैले सहयोग गर्ने भनेको पछि हटेर नै हो ।’