• बैशाख ९ २०८२, मंगलवार

चीनमा डुङ्गा दुर्घटना हुँदा ८ जनाको मृत्यु १३ जना घाइते,डुङ्गा मालिक पक्राउ

श्रावण २६ २०७८, मंगलवार

चीन । दक्षिण चीनमा डुङ्गा दुर्घटना भएको छ । गाङ्सी झुआङको बिहाई नगरको तटीय इलाकामा भएको डुङ्गा दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार माछा मार्न प्रयोग गरिएको उक्त डुङ्गामा ६१ जना सवार रहेकका थिए । समुद्रमा माछा मारेर फर्कने क्रममा उक्त डुङ्गा दुर्घटनाग्रस्त भएको थियो ।

घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । ज्यान जोगाउन समुद्रमा हाम फालेका अन्य व्यक्तिलाई सकुशल उद्धार गरिएको थियो । डुङ्गामै सवार डुङ्गाका मालिकलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ ।