काठमाडौँ। मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले मंगलबारआईपीओ बाँडफाँट गरेको हो । आवेदनमध्ये ६८ हजार ४७४ जनाले १० कित्ताका दरले शेयर हात परेका छन् भने ६ जनालाई एक एक कित्ता थप गरी सेयर बाँटफाँट गरिएको छ, अर्थात कुल ११ कित्ता सेयर हात पारेका छन् ।
यो आईपीओमा २० लाख ६७ हजार ९६७ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको थियो ।
कम्पनीले कुल सात लाख ३६ हजार २८६ कित्ता आईपीओ जारी गरेको हो । गत साउन १४ उक्त बिक्री खुला भएको आईपीओ सर्वसाधरणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता छुट्याइएको थियो ।
प्रतिकित्ता एक सय रुपैयाँ अङ्कति कुल सात करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको सात लाख ३६ हजार २८६ कित्ता आइपिओ निष्कासनको लागि असार २३ गते धितो पत्र बोर्डबाट अनुमति पाएको थियो ।