• बैशाख २७ २०८३, आईतवार

भूमि आयोग खारेजीविरुद्ध सर्वाेच्चमा रिट दायर

श्रावण २२ २०७८, शुक्रबार

काठमाडौँ। भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता प्रवेश केसीले शुक्रबार आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

रिटमा कानुनी हिसाबले पनि संवैधानिक हिसाबले पनि आयोग विघटन गर्न नमिल्ने दाबी गरिएको छ ।

रिटको पेसी साउन २५ गतेलाई तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

गत साउन १९ गतेको मन्त्रिपरिषद बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो ।