• बैशाख २७ २०८३, आईतवार

गोंगबुबाट पेस्तोलसहित तीनजना पक्राउ

श्रावण २१ २०७८, बिहीबार

काठमाडौं । काठमाडौंको गोंगबुबाट पेस्तोलसहित तीनजना पक्राउ गरिएको छ ।

नेपाल प्रहरीले बुधबार वर्ष २६ का विकेश थापा मगर भनेर चिनिने बिपिन थापा मगर, वर्ष २६ का ईश्वर मगर र वर्ष १९ का सुजन मगरलाई पक्राउ गरेको हो

बुधबार साँझ ६:३० बजे उनीहरु गोंगबुस्थित बिजी मल भित्रपट्टिबाट पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिई गएको टोली घटनास्थलमा पुगेर चेकजाँच गर्ने क्रममा उनीहरु भाग्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट पेस्तोल १ थान, म्यग्जिन १ थान, ५ राउण्ड गोली र २ थान खुकुरी बरामद भएके छ ।