काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले गरेका कामबारे चासो व्यक्त गरेकी छिन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाबीच समसामयिक विषयमा आज अपराह्न छलफलमा राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गरेकी हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीबीचको उक्त भेट नियमित भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताउदै राष्ट्रपतिले प्रधानमन्त्रीबाट जानकारी लिएको बताए ।