काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको आज बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी एकताका लागि आफूहरु तयार रहेको बताएका छन् ।
नेता नेपालले बैठकमा एकतालाई जोगाउन अहिलेसम्म भएका प्रयाससँगै अन्तिमसम्म प्रयास एकताको प्रक्रिया र वार्ता अघि बढिरहेको बताउदै पार्टी एकताका लागि आफूहरु तयार रहेको तर सम्मानजनक एकता हुनुपर्ने बताएका हुन् ।
बैठकमा वरिष्ठ नेता नेपालले कोरोनाविरुद्धको खोप, दार्चुला घटना लगायतका बारेमा सरकारलाई ध्यानाकर्षण गराएको स्रोतले जनाएको छ ।
यसैगरी बैठकमा उपाध्यक्ष डा भीम रावलले पार्टी एकताका विषयमा आन्तरिक समस्या समाधानका लागि बनेको कार्यदलले गरेको सहमति र प्रयासबारे जानकारी गराएका थिए ।