• आश्विन १३ २०८१, आईतवार

स्वस्थ्य रहनका लागि कुन भोजन कसरी र कतिबेला खाने ?

श्रावण १ २०७८, शुक्रबार

१) भोक लगेपछि मात्रै खाना खानुपर्छ ।
२) त्यत्ति नै खानुपर्छ जति खानाले भोक शान्त हुन्छ ।
३) पहिलो गाँस राम्रोसँग नचपाइकन दोस्रो गाँस लिनुहुँदैन ।

४) एकपटकको आहारमा कैयौँ खाद्य नलिएर कम लिने एवं सादा खाना खाने गर्नुपर्छ जसले गर्दा पाचन प्रणालीमा अनावश्यक बोझ पर्दैन ।

५) यदि पहिलो खाना खाइसकेपछि दोस्रो खाना खाने बेलामा शरीर स्वस्थ रहेन भने दोस्रो खाना छोडिदिनु पर्छ ।
६) राती सुत्नुभन्दा तीन घण्टा पहिला भोजन गर्नुपर्छ ।
७) दुई भोजनको अन्तर कमसेकम ५–६ घण्टा हुनुपर्छ ।
८) सुतिसकेपछि उठेर तुरुन्तै खानु हुँदैन ।

९) घाँटीमा जलनको अवस्था या गन्हाउने वायु बन्द खानु हुँदैन ।
१०) भोजनको समयमा व्यापार, समाज अथवा गृहस्थी सम्बन्धि समस्याहरुमाथि कुराकानी गर्नुहुँदैन ।
११) मसाल आदि उत्तेजक पदार्थको उपयोग कम गर्नुपर्छ ।
१२) भोजन गर्दा एकाग्रचित एवं शान्त चित्त हुनुपर्छ ।

१३) दुष्पाच्य एवं गरिष्ट भोजन भुलेर पनि गर्नुहुँदैन ।
१४) जहाँसम्म सम्भव हुन्छ अपक्वआहार (फल, सलाद, अङ्कुरित आदि)
१५) बासी भोजनले रोग लाग्ने भएकाले खानुहुँदैन ।
१६) भोजन गर्ने समयमा पानी पिउनु हुँदैन ।
१७) दिनभरि पानी पर्याप्त पिउनुपर्छ ।

१८) सेतो चिनी, मैदा, पोलिसको रोटी प्रयोग चामल आदि शोधित पदार्थ कम सेवन गर्नुपर्छ ।
१९) नुन, मिठाइहरु, मसला, घिउ आदिको मात्रा घटाउनु पर्छ ।
२०) चिया, कफी फ्राई खानेकुराहरु, धुम्रपान, रक्सी र सुर्तीजन्य पदार्थबाट बच्नुपर्छ ।
२१) हप्तामा एकदिन केवल एस ए पर्याप्त मात्रामा पानी पिएर उपवास बस्नुपर्छ ।
२२) चोकर सहित आँटा प्रयोग गर्नु राम्रो हुन्छ ।

२३) फल, सब्जिहरु धोएर खाने गर्नुपर्छ ।
२४) भोजन गर्नुभन्दा पहिला र पछाडी हात धुने एवं मुख कुल्ला गर्ने गर्नुपर्छ ।
र भोजन गर्नुभन्दा पछि दाँत अवश्य सफा गर्ने गर्नुपर्छ ।
२५) भोजन गर्दा मौन रहनुपर्छ ।
२६) भोजन गर्ने समयमा टेलिभिजन हेर्नुहुँदैन ।

२७) भोजनको तुरुन्तै पछाडी शारीरिक या मानसिक श्रम गर्नुहुँदैन ।
२८) भोजनको तुरुन्तै पछि मूत्र त्याग गर्ने बानी बसाउनु पर्छ ।
२९) दुध राती नपिएर बिहान नास्ताको समयमा पिउने गर्नुपर्छ ।
३०) धेरै गर्मी र धेरै चिसो वस्तुहरू खानु पाचन क्रियाको लागि हानिकारक हुन्छ ।

३१) चिन्तित, शोकात्तुर, थकान एवं हतारमा कहिल्यै पनि भोजन गर्नुहुँदैन ।
३२) दुधभन्दा दही सरलतासँग पच्ने भएकोले यसको सेवन गर्न सकिन्छ ।
३३) भोजन गरेको ३ घण्टासम्म रतिक्रिया गर्नुहुँदैन ।
३४) मूत्र त्याग गरेको १० मिनेटसम्म खानु या पिउनु स्वास्थ्यको लागि हानिकारक हुन्छ ।