तपाईंलाई आफ्नो थर कसरी रहन गयो भनेर जिज्ञासा लाग्छ होला होइन ? यसरी अरुहरुको जस्तै खस समुदायका मानिसका थरहरु रहनुमा धेरै पक्षहरु छन् । यी थरहरु कुनै सरकारी सेवामा लागे वापत पाएका सरकारी दर्जाबाट रहन गएका छन् भने कुनै गाउँठाउँको नामबाट ।
खासगरी यहाँ २ तरिकाले रहन गएका थरहरुका बारेमा जानकारी दिन खोजिएको छ ।
एउटा हो, सरकारी दर्जाको नामबाट र अर्को हो गाउँ वा ठाउँका नामबाट । कर्णाली अञ्चलभित्र पर्ने केही जिल्लाका ठाउँका नामबाट रहन गएका थरहरु र अन्य जिल्लाका ठाउँ वा गाउँका नामबाट पनि मानिसका थरहरु रहन गएका छन् । हालको कर्णाली प्रदेश आसपास नै आजका खसहरुको पुरानो भूमी रहेकोले उनीहरुको थरहरुपनि यहीँका गाउँठाउँका नामबाट रहन गएकोमा अन्थया मान्नु पर्दैन ।
सरकारी दर्जाबाट रहन गएका थरहरुः
अधिकारी, कार्की र भट्ट जस्ता थरहरु सरकारी दर्जाबाट रहन गएका हुन् । त्यस्तै कोइराला, रिजाल, पराजुली जस्ता थरहरु भने कर्णाली अञ्चलका ठाउँका नामबाट उत्पत्ति भएका हुन् । यति भएपछि तपाईंलाई आफ्नो थर कसरी रहन गयो भनेर जिज्ञासा जाग्यो होला । हामी तपाईंको जिज्ञासा हल गर्ने प्रयास गर्छौं ।
सरकारी दर्जाबाट रहन गएका थरहरुः
अधिकारी–दराको हाकिम रहेकोले अधिकारी रहन गएको ।
कार्की– राजश्व अधिकृत
भट्ट–राजपुरोहित वा धर्माधिकारी भएकोले ।
भण्डारी–राजकोषको प्रमुख भएकोले ।
लेखक– लेख्ने काम गर्ने भएकोले ।
महत– ग्राम प्रमुख भएकोले ।
रोकाया– ग्राम प्रमुख महतको सहयोगी ।
थापा– सैनिक सेवामा काम गर्ने भएकोले दर्जा पाएको ।
खड्का– सैनिक दर्जा
बुढा–सैनिक दर्जा
बस्नेत–सैनिक दर्जा
कर्णाली अञ्चलका गाउँहरुका नामबाट रहन गएका थरहरुः
जुम्ला जिल्लाका ठाउँबाटः पाण्डुसेरा–पाण्डे
सिंजा–सिंजापति
चैंडिलागाउँ–चौलागाईं
प्याकुरी–प्याकुरेल
सिंखाँडा–सिंखडा
अछामका जिल्लाका ठाउँबाट :
तिमिसैन–सिमिल्सिना वा तिम्सीना
घनिगाउँ–घिमिरे
देवकोट–देवकोटा
ढुंग्यानी–ढुंगाना
ढाकु– ढकाल
बजगाउँ–बजगाईं
रिमा–रिमाल
रसाइली स्वाँरा–रिमाल
स्वाँरा–स्वाँर
घोडासैनी–घोडासैनी
पुडासैनबाट आएका पुडासैनी
धमालीबाट आएका धमला
दर्नाबाट आएका दर्नाल
कुइतिकाबाट आएका कुइँकेल
चाल्साबाट आएका चालिसे
बारलाबाट आएका बराल
लामिसालबाट हिंडेका लम्साल
बझाङ जिल्लाबाट थर रहन गएका :
रेगमबाट हिंडेका रेग्मी
सोतबाट हिंडेका सोती
खरबाट हिंडेका खरेल
बुवाडाबाट हिंडेका सुवेदी
बयानाबाट हिंडेका बानियाँ
बाजुरा जिल्लाका ठाउँबाट थर रहन गएका :
जमकट्टीबाट जमरकट्टेल
छापीबाट छन्त्याल
पोडीबाट हिंडेका पोड्याल
खातीवडबाट हिंडेका खाती
बैतडी जिल्लाका ठाउँका नामबाट थर रहन गएका :
गाजरीबाट हिंडेका गजुरेल
डोटी जिल्लाका ठाउँका नामबाट थर रहन गएका :
डोटेखोलाबाट हिंडेका डोटेल
निरौलीबाट हिंडेका निरौला
ओझानाबाट हिंडेका ओझा
बोगटानबाट हिंडेका बोगटी
मुडभराबाट मुडभरी
मुगुका विभिन्न स्थानबाट हिंडेका :
नखायाबाट खनाल
कालैगाउँबाट कल्याण
खत्याडबाट खतिवडा
दैलेखः लामाछान्नीबाट लामिछाने
बाँस्कोटबाट बास्कोटा
बाँस्तोलीबाट बास्तोला
सतलाबाट सत्याल
लचारीबाट लुइँटेल
चापागाउँबाट आएका चपाईं
नेपा वा नेपालबाट बनेका थरहरु :
रिजुबाट रिजाल
पोखरबाट पोखरेल
लम्सुबाट लम्साल
लम्जीबाट लम्जेल
दहबाट दाहाल
गैराबाट गैरे
पराजुलबाट पराजुली
कोइरालीबाट
कोइराला
दवाडबाट दवाडी
कट्टीबाट कट्टेल
भुसाकोटबाट आएका भूसाल
बडबाट आएका बडाल
मोडासैनबाट आएका मरासिनी
गुरगाउँबाट गरागाईं
कालिकोट जिल्लाका ठाउँहरु :
किर्सेनीबाट खेर्सेनी
भुतौबाट भुर्तेल
राँचुबाट ?चाल
गेलाबाट गेलाल
बञ्जाडाबाट बञ्जाडे
बाँजकोटबाट बाँज्कोटा
रुकुम जिल्लाबाट थर बनेकाहरु :
सर्पुकोटबाट सापकोटा
दाङ जिल्लाको ठाउँको नामबाट
रजौराबाट रजौरिया आदि ।
स्रोतः समाचारपाटी डटकम ।