हेलिकोप्टर उडेको, हवाई जहाज उडेको त सबैले देखेकै हुन्छन् । तर जमिनमा गुड्ने मोटर कारपनि उडेको आजसम्म मानिसहरुले देखेका छैनन् तर अब समय यस्तो आयो की मानिसहरुले जमिनमा गुड्ने मोटर कार पनि आकासमा उडेको देख्नुपर्ने भयो । अथवा अब संसारले मोटर कार पनि उडेको पनि देख्ने समय आयो ।
हो उड्ने मोटर कारको एउटा परिक्षण स्लोभाकिया भन्ने देशमा सफल परिक्षण सम्पन्न भएको छ । उड्ने मोटर कारको सफल परिक्षण भएसँगै काल्पनिक संसार र पौराणिक उपन्यासमा वर्णन गरिएको जस्तो आकासमा उडने र जमिनमा गुड्ने एउटै मेसिन अर्थात् एयर कार अबको समयमा आधुनिक मानव संसारले देख्नेछ ।
सोमबार स्लोभाकियाको आकाशमा मानिसहरुले हेलिकोप्टर भन्दापनि अझ सानो जमिनमा गुड्ने कार जस्तै चीज उडेको देखे । यस्तो चीज उडेको देख्दा मानिसहरुलाई अनौठो लाग्यो । त्यो उडिरहेको एउटा मोटर कार नै थियो । यो भन्दा अगाडी कहिल्यै नदेखेको कार उडेको दृश्य देख्दा मानिसहरु छक्क समेत परे । सो एयर कार उड्दै उड्दै गएर ८ हजार मिटरभन्दा माथि नै पुग्यो ।
हावाको गतिमा १७० किलोमिटर प्रतिघन्टा उडिरहेको सो एयर कार स्लोभाकियाको सहरका एक विमानस्थलबाट उडेर ३५ मिनेटमा अर्को विमानस्थलमा अवतरण गयर्यो । अवतरण गर्ने बित्तिकै करिब तीन मिनेटमा त्यो उडिरहेको विमान जस्तो चीज गुड्ने कारमा परिणत समेत भयो । आकासमा उडदा विमान र जमिनमा आउदा कार हुने यो एउतै वस्तु हो ।
स्लोभाकियाको एउटा विमानस्थलबाट उडेको सो कार आठहजार २ सय मिटर माथि पुगेर ३५ मिनेटमा अर्को विमानस्थलमा अवतरण गरी फेरि कार नै बन्दासम्म यसका निर्माता स्लोभाकियन प्रोफेसर स्टेफन क्लेइनले आफू यो काममा सफल भएको अनुभव गरिसकेका थिए । कार उड्ने अनि जमिनमा अवतरण गरेर फेरि छोटो समयमा कारमा नै परिणत हुने भएकोले यसको नाम कार र विमानको हाइब्रिड अथवा ‘एयर कार’ राखिएको छ ।
बीएमडब्लु कारको इञ्जिन प्रयोग गरेर निर्माण गरिएको सो कार पेट्रोलबाट नै चल्ने बताइएको छ । इन्टरनेटमा राखेको सो कारको भिडियो अनुसार सो इञ्जिन हावामा उड्नु भन्दा पहिले अरु कारहरुजस्तै नै सामान्य रुपमा जमिनमा गुडिरहेको देखिन्छ भने यसको आकार पनि सामान्य कारहरुको जस्तै नै रहेको छ ।
सो ‘एयर कार’ले ४० घण्टाको परिक्षण पूरा गरिसकेको बताइएको छ भने यसका निर्माता प्रोफेसर क्लेइनका अनुसार यो एयर कारले ८ हजार २ सय मिटरको उचाईसम्म हजार किलोमिटरसम्म उडन सक्छ । परिक्षण उडान सफल भएपछि अर्को वर्षसम्म यसलाई व्यवसायिक रुपमा सडकमा गुडिरहेको र हावामा उडिरहेको देख्न सकिने विस्वास गरिएको छ ।
क्लेइन भिजन फर्मले यो सेल्फ ड्राइभिङ्ग यात्राका लागि उत्तम हुने साथै व्यावसायिक ट्याक्सी सेवाका रुपमा पनि प्रयोगमा ल्याउन सकिने बताएका छन् । व्यावसायिक रुपमा प्रयोगमा ल्याउन सकिने भनिएको भएपनि यसको मूल्य बारेमा भने केही जानकारी दिइएको छैन । तरपनि निर्माताहरुका अनुसार यस सम्बन्धी सबै कानूनी प्रकृया र परिक्षणहरु सम्पन्न भइसकेपछि झन्डै १ वर्षभित्रमा यो ‘एयर कार’ बिक्रीका लागि तयार हुने बताइएको छ ।