काठमाडौँ /
नेपाल चिकित्सक संघले सात दिनभित्र नेपाल भरिका स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूतिहुने अध्यादेश ल्याउन नेपाल सरकारसंग माग गरेको छ। संघका महासचिव डा.बद्रि रिजालद्वारा आइतबार जारी गरिको विज्ञप्ति अनुसार सात दिनभित्र अध्यादेश ल्याई परस्थिति सहज नबनेमा नेपाल चिकित्सक संघ कडा कदम चाल्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार हुने चेतावनी दिइएको छ।
भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको साथै यस्ता घटना दोहरीइरहने भएकोले अध्यादेश मार्फत कानुन ल्याएर स्वास्थ्यकर्मीहरुका लागि सहज वातावरण सरकारले बनाउनुपर्ने संघको माग रहेको छ।