• बैशाख २० २०८३, आईतवार

माओवादी केन्द्रको केन्द्रीय कमिटीको भर्चुअल बैठक जारी

जेष्ठ ९ २०७८, आईतवार

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको भर्चुअल बैठक बसेको छ । बैठकमा पार्टीका सबै पदाधिकारी सहभागी छन् ।

व्यक्तिगत रुपमा उपस्थित भएर बैठक बस्न अनुकूल नभएकोले भर्चुअल रुपमा बैठक गरिएको माओवादी केन्द्रले जनाएको छ ।

साँझ ६ बजेबाट शुरू भर्चुअल बैठकमा माओवादी केन्द्रको स्थायी कमिटीले गरेको निर्णय तथा अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्ने एजेण्डा रहेको केन्द्रीय सदस्य शशी श्रेष्ठले जानकारी दिइन् ।