• मंसिर ११ २०८१, मंगलवार

चुनाव अघि सबै जनतालाई कोरना खोप

जेष्ठ ९ २०७८, आईतवार

काठमाडौँ /

आउने चुनाव भन्दा पहिले नै सबै जनतालाई कोरोना खोप लगाउने प्रयासमा सरकार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। आइतबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन्। कतिपय मानिसहरुले कोरोना खोपलाई चुनावी खर्चसँग जोडेकोमा प्रधानमन्त्रीले असन्तुष्टि जनाए ।

जनतालाई भावनामा बगाएर सार्वभौमसत्ता प्रयोग गर्नबाट बन्चित गराउनु भनेको सेन्टिमेन्टल ब्याकमेलिङ भएको भन्दै उनले भने, ‘सार्वभौम सत्ताको प्रयोग र उपचार पाउने हकको कुरा बेग्लाबेग्लै हो ।’ जनताको उपचार पाउने कुराको हकको सम्मान गर्न सरकार दिनरात लागिपरेको भन्दै जनताले भोटलाई केही कुरासँग पनि नसाट्ने उनले बताए।

उनले चुनावभन्दा अगाडि नै सबै जनतालाई खोप लगाइसक्ने प्रयासमा सरकार लागेको बताए।