• मंसिर ११ २०८१, मंगलवार

दिउसो १ बजे विपक्षी गठबन्धन सर्वोच्च जाँदै

जेष्ठ ९ २०७८, आईतवार

काठमाडौँ /

विपक्षी गठबन्धन नेपाली काँग्रेस,माओवादी केन्द्र जनता समाजवादे पार्टीको बाबुराम उउपेन्द्र समूह र एमालेको माधव नेपाल समूह सांसदहरुको हास्ताक्षर र नागरिकता संकलन गरेर दिउसो सर्वोच्च अदालत जाने तयारीमा छन्। त्यसको लागि अहिले सिंहदरबारस्थित काँग्रेस संसदीय दलमा सांसदहरु हस्ताक्षर र नागरिकता संकलन गरिरहेका छन्।

शनिबार नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको बाबुराम उपेन्द्र  पक्ष र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलमा हस्ताक्षर र नागरिकतासहित अदालत जाने निर्णय भएको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले जेठ ८ गते राति संसद विघटन गरेपछि विपक्षी गठबन्धन आक्रोशित बनेको छ।