राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संसद विघटन गरेर मध्यावधी चुनाव घोषणा गरेकी छिन। राष्ट्रपतिले घोषणा गरे अनुसार अब प्रतिनिधी सभा सदस्यका कार्तिक २६ र मंसिर ३ गते चुनाव हुनेछ।
त्यस अघि मध्यरातमा बसेको मन्त्रिपरिषद बैठकले संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधी सभा भंग गरि मध्यावधी चुनाव घोषणा गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।