• मंसिर १४ २०८१, शुक्रबार

सपथ सम्बन्धी अध्यादेशमा ‘प्रतिज्ञा गर्दछु’ हटाइयो

जेष्ठ ७ २०७८, शुक्रबार

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बिहिबार जारी गरिएको सपथ सम्बन्धी अध्यादेशमा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्दावली हटाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको सपथ लिँदा ‘त्यो पर्दैन’ भन्दै ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द भन्न अस्वीकार गर्नु भएको थियो। ‌ओलीको सपथ विवादमा परेपछि सरकारले सपथसम्बन्धी अध्यादेश जारी गरेको हो।

त्यस्तै शपथ अध्यादेशले लिन औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था गरेको छ।

सपथसम्बन्धी अध्यादेशमा सार्वजनिक पदधारण गर्ने व्यक्तिले सपथ लिँदा वा सपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था गरेको हो। यद्यपी आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाएर सपथ लिन सकिने अध्यादेशमा व्यवस्था छ।