• मंसिर १४ २०८१, शुक्रबार

हस्ताक्षर दुरूपयोग भयो भन्दै राष्ट्रपति कार्यालयमा सांसदको निवेदन

जेष्ठ ७ २०७८, शुक्रबार

काठमाडौं । राष्ट्रपति कार्यालयमा आज प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका सांसदले  आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै निवेदन दिएका छन् ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि आफ्नो हस्ताक्षर दुरुपयोग गरिएको सुनसरी– १ बाट निर्वाचित सांसद जयकुमार राईले राष्ट्रपति कार्यालयलाई पत्र लेख्दै सो बारेमा  गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले बुझाएको पत्रमा भनिएको छ, ‘म एमालेको प्रतिनिधिसभा सदस्य हुँ । र मैले मेरो पार्टी अध्यक्षको विरुद्धमा विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने गरी कुनै हस्ताक्षर नगरेको व्यहोरा जानकारी गराउँदछु । ‘

हेर्नुहोस् पत्र