काठमाडौँ /
बहुमतको हस्ताक्षर सहित वैकल्पिक सरकार दाबि गर्न विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन्। १४९ सांसदको हस्ताक्षर सहित शेर बहादुर देउवालाई प्रधानमन्त्रीको नियुक्ती गर्न दाबि गर्न नेताहरु काँग्रेस सभापति शेर बहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले वरिष्ठ नेता माधव कुमार नेपाल,जसपाका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु शितलनिवास पुगेका छन्।
देउवालाई प्रधानमन्त्री बनाउन काँग्रेस,माओवादी केन्द्र,जनता समाजवादीका बाबुराम-उपेन्द्र समूहका र एमाले वरिष्ठ नेता माधव नेपाल समूह १४९ जना सांसदको हस्ताक्षर रहेको बताइएको छ।