• मंसिर ११ २०८१, मंगलवार

माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बस्दै

जेष्ठ ७ २०७८, शुक्रबार

काठमाडौँ /

माओवादी केन्द्रले पार्टीको स्थायी समितिको आकस्मिक बैठक बोलाएको छ। विकशित राजनैतिक घटनाक्रमबारे छलफल हुने सो बैठक दिउसो १ बजे पार्टी कार्यालय पेरिषडाँडामा बस्ने स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए। हिजोदेखि विकशित राजनैतिक घटनाक्रम र पार्टीको रणनीति बनाउन बैठक बोलाएको उनले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५)अनुसार नयाँ सरकार गठनका लागि प्रतिनिधी सभा सदस्यहरुलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर आव्हान गरेकी छिन। त्यसबारे सबै दलहरु आन्तरिक र अन्तरदल छलफलमा जुटेका छन्।

प्रधानमन्त्री पदमुक्त नहुँदै नयाँ सरकार गठनाका लागि राष्ट्रपति भण्डारीले आव्हान गरेपछि पार्टीहरुले त्यसलाई संबिधान सिध्याउने प्रयोजन अन्तर्गत भएको भनेर आशंका गरेका छन्।