• बैशाख २० २०८३, आईतवार

मन्त्रिपरिषद् बैठक : संसद्को अधिवेशन जेठ ९ गते आह्वान

जेष्ठ ६ २०७८, बिहीबार

काठमाडौं । मन्त्रिपरिषद् बैठकले जेठ ९ गते संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।

आज वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भएको ती मन्त्रीको भनाई छ ।