• मंसिर १२ २०८१, बुधबार

थप ८ हजार २२७ जनामा संक्रमण पुष्टि,१९०को मृत्यु

जेष्ठ ६ २०७८, बिहीबार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २२७  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

यस्तै पछिल्लाे २४ घण्टामा ६ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा १९० को मृत्यु भएको छ ।