काठमाडौँ /
प्रमूख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुंदे ज्ञापन पत्र बुझाउदै कोभिड संक्रमण रोकथाम र उपचारका लागि सरकारको ध्यानाकर्षण गराएको छ। कोभिड-१९ को महामारी पहिलेको चरणमा भन्दा यो चरणमा धेरै गुणा भयावहसिद्ध भएको भन्दै सीमा नाकाहरूको समयमै समुचित व्यवस्थापन गर्नेतर्फ सरकारले ध्यान नदिदा यो अवस्था सिर्जना भएको आरोप कांग्रेसले लगाएको छ।
कोरोना भाइरसका बढी घातक नयाँ नयाँ भेरियण्ट देखा परिरहेको भन्दै युवाहरुमा देखिएको बढ्दो संक्रमण र मृत्युदर थप चिन्ताको बिषय भएको काँग्रेसकोम ठहर छ। देशमा एकदम न्यून संख्यामा पिसिआर परिक्षण भएको भन्दै काँग्रेसले जति पिसिआर गर्यो उति संक्रमित देखिने बताएको छ। कोरोना रोकथामको बिषयमा सरकालाई दिएको काँग्रेसको सुझाव नमानेर सरकारको नेतृत्वपंक्ति स्थितिको वास्तविकतालाई आत्मसाथ गर्नुको सट्टा आत्मप्रशंसामै मग्न रहेको काँग्रेसको निष्कर्ष रहेको छ।
सरकारलाई बुझाएको ज्ञापन पत्रमा काँग्रेसले कोरोना भाइरसको नयाँ भिरियण्ट सहित तेर्सो लहर आउन सक्ने भन्दै सोबाट जनतालाई सुरक्षित राख्न खोप आपूर्ती व्यवस्था बिचौलियारहित र पारदर्शी ढंगबाट गरिनुपर्ने। पहिलो चरणमा स्वास्थ्य सामग्री आपूर्तीमा देखिएको अनियमितता भ्रष्टाचार तथा अहिले खोप आपूर्तीमा देखिएको कमिशनतन्त्रको सम्बन्धित निकाएबाट स्वतन्त्र रुपमा छानविन गर्ने वातावरण सुनिस्चित गरिनुपर्ने। कन्ट्रयाक ट्रेसिङ्गको आधारमा बढी भन्दा बढी पिसिआर परिक्षन्को व्यवथा गरिनु पर्ने लगायत रहेका छन् ।
त्यस्तै, अहिले देखिएको अक्सिजनको चरम अभावलाई हटाउन अक्सिजन कन्सनट्रेटर,अक्सिजन प्लाण्ट र अक्सिजन सिलिण्डरको तत्काल आपुर्ती सुनिस्चित गरि पारदर्शी वितरण व्यवस्था मिलाउनु पर्ने। देशका हरेक जिल्लाहरुमा आवश्यकता अनुसार अस्पताल बेड, अक्सिजन, आइसियु र भेन्टिलेटर सहितको अस्पताल र आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था तत्काल गरिनुपर्ने। निजी अस्पतालहरुले उपचार शुल्क र हेलिकोप्टर कम्पनीहरुले रेस्क्यू सेवा शुल्क अत्याधिक लिने गरेको गुनासो व्याप्त भएकोले गर्दा निम्न आय भएका दूरदराज क्षेत्रका कोरोना संक्रमित नागरिकहरुको उपचार अत्यधिक महँगो हुन गई अकालमा मृत्यु हुने स्थितिलाई दृष्टिगत गर्दै यस्ता शुल्कहरुलाई न्यायोचित गर्न सरकारले नियमन र सहुलियतको व्यवस्था लागू गरिनुपर्ने । निम्न आय भएकाहरुलाई निःशुल्क उपचारको व्यवस्था गरिनुपर्ने। कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको वर्तमान संरचना असफल भएकोले प्रभावकारी संयन्त्रको व्यवस्था गरिनुपर्ने साथै प्रदेश सरकारहरुको कोभिड-१९ संक्रमण रोकथाम र उपचार संरचनालाई मजवुत गरिनुपर्ने लगायत मागहरु काँग्रेसका रहेका छन्।
हेरौं गोलमिडियालाई प्राप्त काँग्रेसले सरकारलाई बुझाएको ज्ञापन पत्र ⇓