काठमाडौं । अब कोरोना संक्रमितको उपचार निजी अस्पतालहरुमा पनि हुने भएको छ । यसका लागि सरकारले कोभिड–१९ केयर युनिट संचालनका लागि ३० वटा अस्पतालसँग सम्झौता गरेको छ ।
सरकारले तोकेका यी अस्पतालमा संक्रमितको उपचार निःशुल्क हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ८१ वटा अस्पतालमा यसअघि नै सरकारले संक्रमितलाई निःशुल्क उपचार सेवा दिइँदै आएको छ ।
केयर युनिट संचालनका लागि सम्झौता गरेका अस्पताललाई सरकारले पैसा उपलब्ध गराउनेछ । संक्रमितको अवस्था हेरेर प्रतिव्यक्ति प्रतिदिन ३ हजार ५०० देखि १५ हजारसम्म सरकारले अस्पताललाई उपलब्ध गराउने छ ।