बुटवल । कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेमाथि गोली हानिएको छ । कपिलवस्तु नगरपालिका–३ स्थित सडुवामा नेकपा माओवादी केन्द्रका नेता पाण्डेमाथि गोली हानिएको हो ।
गएराती अपरिचित व्यक्तिले चलाएको गोली लागेर नेता पाण्डे सहित दुईजना घाइते भएका छन् ।
गोली लागेर कपिलवस्तु घर भएका ३४ वर्षीय पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान र घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले बताए ।
दिपक पाण्डे सहित ३ जना लु९प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैयाखोलाबाट तौलिहवातिर आउँदै थिए ।
भारत घर भएका वर्ष ३६ को मोहम्मद इसाद खानले मोटरसाइकल चलाएका थिए । उनीहरुमाथि पछाडिबाट एउटा मोटरसाइकलमा आएका तीनजनाले गोली हानेर भागेका हुन् । अयाजको बायाँ हातको कुममा गोली लागेको छ ।
उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ । पाण्डेलाई उपचारका लागी भैरहवा भेडिकल कजेलमा राखिएको छ । उनको ढाड र पेटमा गोली लागेको छ ।