• बैशाख २० २०८३, आईतवार

चार्टर उडानमा नेपाली पनि विदेश जान पाउने

जेष्ठ ५ २०७८, बुधबार

काठमाडौं । तेस्रो मुलुकका विदेशीहरुका लागि खुला गरिएका चार्टर उडानमा नेपाली पनि विदेश जान पाउने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले यस विषयमा गत बुधबार (वैशाख २९) मा गरेको निर्णय मन्त्रालयले बुधबार साँझ अध्यागमन विभाग र नागरिक उड्डयन प्राधिकरणलाई पठाएको छ । ‘नियममित उडान नभएको वर्तमान अवस्थामा चार्टर उडान गर्ने अनुमति प्राप्त उडानहरुमा विदेशी नागरिक र नेपाली नागरिकसमेत सबैलाई विदेश प्रस्थानको अनुमति प्रदान गर्ने भनी वैशाख २९ गते माननीय मन्त्रीस्तरमा निर्णय भएको हुँदा सोहीअनुसार आवश्यक कायार्थ आदेशानुसार अनुरोध छ,’ मन्त्रालयद्वारा लेखिएको पत्रमा उल्लेख छ ।

यो निर्णयसँगै अब नेपालमा बिदामा आएका विद्यार्थी तथा विभिन्न मुलुकमा काम गर्ने कामदारलगायत नेपाली राहदानी भएकाले चार्टर उडानमा विदेश जान बाटो खुला गरिएको हो ।