काठमाडौं । चितवनमा आज एकैदिन २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङक अनुसार भरतपुर अस्पतालमा ७ जना, चितवन मेडिकल कलेज (सिएमसी)मा ५ जना, कलेज अफ मेडिकल साइन्सेज (सिएमएस)मा ५ जना, र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३ जना गरी कुल २० जनाको मृत्यु भएको हो ।
चितवनका विभिन्न अस्पतालमा अहिले ५ सय २१ जनाको उपचार भइरहेको छ ।